प्रस्थान 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1परमेश्वरले यी कुराहरू भन्नुभयो:
2“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
3“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू।
4आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
5तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्वर, डाह गर्ने परमेश्वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
7तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
8शब्बाथ दिनलाई पवित्र दिनको रूपमा राखेर त्यसको सम्झना गर्नू।
9छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
10तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ दिन हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू।
11किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथ दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो।
12तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
13तैँले मानव हत्या नगर्नू।
14तैँले व्यभिचार नगर्नू।
15तैँले चोरी नगर्नू।
16तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
17तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
18जब सारा मानिसहरूले गर्जन, बिजुली देखे; अनि तुरहीको आवाज सुने, र पर्वत धुवाँले भरिएको देखे, तब तिनीहरू डरले थरथर कामे। तिनीहरू टाढै उभिए,
19अनि मोशालाई भने, “हामीसित तपाईं नै बोल्नुहोस्, र हामी सुन्नेछौँ। तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौँ।”
20अनि मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वरको डर तिमीहरूमा रहिरहोस्, साथै उहाँले तिमीहरूलाई जाँच गर्न र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21त्यसैले मानिसहरू टाढै उभिरहे। अनि मोशाचाहिँ परमेश्वर उपस्थित हुनुभएको त्यस बाक्लो कालो बादलको नजिक गए।
22तब याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको तिमीहरूले देखेका छौ:
23तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।
24“ ‘तिमीहरूले मेरो निम्ति माटोको एउटा वेदी बनाउनू, र त्यसमाथि तिमीहरूका होमबलि, मेलबलि, तिमीहरूका भेडाबाख्राहरू र पशुहरू बलिदान गर्नू। मेरो सम्झना गर्नलाई जुन स्थान म रोज्छु, त्यहाँ म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई आशिष् दिनेछु।
25यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेका ढुङ्गाले नबनाउनू; किनकि तिमीहरूले त्यसमा हतियार प्रयोग गर्दा त्यसलाई अशुद्ध पार्नेछौ।
26अनि तिमीहरूको नग्नता वेदीमा नदेखियोस् भनेर त्यसमा खुड्किला बनाएर नउक्लनू।’
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath