ईसाई धर्म
पछाडि

प्रस्थान 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ।

2मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।”

3(याहवेहले इजिप्टियनहरूलाई यी मानिसहरूप्रति दयालु बनाउनुभयो; मोशा आफूले पनि फारो र तिनका अधिकारीहरू र मानिसहरूद्वारा अति मान-सम्मान पाएका थिए।)

4यसकारण मोशाले भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु।

5इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्।

6इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ;

7तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्‍नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्‍नता राख्नुहुन्छ।

8तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।

9याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इजिप्टमा मेरा अद्‌भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्‍न इन्कार गर्नेछ।”

10मोशा र हारूनले फारोको अगि यी सबै अद्‌भुत कार्यहरू गरे, तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath