एस्तर 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब यी सबै कुरा मोर्दकैले थाहा पाए, तब तिनले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्रा र खरानी लगाएर चर्को सोरमा विलाप गर्दै रुँदै सहरमा गए।
2तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्न अनुमति पाउँदैनथ्यो।
3राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे।
4जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरूले तिनलाई मोर्दकैको बारेमा बताइदिए; तब तिनी अति विचलित भइन्। मोर्दकैले भाङ्ग्राको सट्टा लुगा लगाऊन् भनेर रानीले लुगाहरू पठाइदिइन्; तर उनले त्यो स्वीकार गरेनन्।
5तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्।
6यसकारण हताक राजाको मूलढोकाको अगाडि सहरको खुला चोकमा मोर्दकैकहाँ गए।
7अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए।
8अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए।
9तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो।
10तब एस्तरले मोर्दकैलाई यसो भन्नू भनेर हताकलाई आदेश दिइन्;
11“राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।”
12जब एस्तरका यी कुराहरू मोर्दकैलाई सुनाइयो,
13तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच।
14किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?”
15त्यसपछि एस्तरले मोर्दकैकहाँ यो जवाफ पठाइन्:
16“गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।”
17यसकारण मोर्दकै गइहाले, र एस्तरले निर्देशन दिएझैँ गरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath