एस्तर 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो:
2त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे।
3आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए।
4त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे।
5ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए।
6त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्ने आसनहरू राखिएका थिए।
7हरेक भिन्नाभिन्नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो।
8राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्ने आदेश दिएका थिए।
9तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्।
10भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए।
11अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्।
12तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए।
13त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्लाहकारहरूको सल्लाह लिने चलन थियो।
14अनि राजासित घनिष्ठ रहेका परसीया र मादीका सात जना मुख्य हाकिमहरू: कर्शना, शेथार, अदमाता, तर्शीश, मेरेस, मर्सेना र ममूकान, जोसँग राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो; अनि तिनीहरूले राज्य शासनमा विशेष स्थान पाएका थिए।
15तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।”
16तब राजा र हाकिमहरूको उपस्थितिमा ममूकानले जवाफ दिए, “रानी वश्तीले राजाको विरुद्ध मात्र होइन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै भारदारहरू र मानिसहरूको अनादर गरेकी छिन्।
17किनकि रानीको व्यवहारको बारेमा सबै स्त्रीहरूले जान्नेछन्, र तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठानेर यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई तिनको सामु उपस्थित हुन हुकुम गर्नुभएको थियो, तर तिनले अस्वीकार गरिन्।’
18आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्टताको कुनै अन्त्य हुनेछैन।
19“यसकारण यदि राजालाई असल लाग्छ भने उहाँद्वारा एउटा राजकीय उर्दी निकालियोस्; अनि त्यसलाई परसीया र मादीहरूको ऐन-कानुनमा लेखियोस्, जसलाई कसैले पनि रद्द गर्न नसकून्; ताकि अब उसो राजा अहासूरसको उपस्थितिमा रानी वश्ती कहिल्यै देखा पर्न पाउनेछैनन्; अनि राजाले उनको राजकीय पद तिनीभन्दा असल अरू कसैलाई देऊन्।
20अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।”
21तब राजा र तिनका भारदारहरूलाई यो सल्लाह मन पर्यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे।
22राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath