उपदेशक 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।
2सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ।
3सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।
4जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो!
5किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।
6तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन।
7आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।
8सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ।
9आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।
10तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
11मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्।
12यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।
13मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्यो:
14थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।
15अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्।
16त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।
17मूर्ख राजाको उच्च सोरभन्दा बुद्धिमान्का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ।
18युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath