ईसाई धर्म
पछाडि

उपदेशक 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।

2अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।

3तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्‍ट काम देखेकै छैन।

4अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।

5मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।

6दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।

7फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:

8त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्‍ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो।

9एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:

10यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!

11फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?

12एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।

13एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्‍लाह लिने भन्‍ने कुरा पनि जान्दैन।

14त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्‍न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ।

15तर मैले सूर्यमुनि बास गर्ने र हिँड्‍डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।

16तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath