उपदेशक 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1आफ्नो अन्न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
2सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।
3यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ।
4जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।
5जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।
6बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
7ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्।
8मानिस जतिसुकै वर्ष बाँचोस्, त्यो ती सबैमा आनन्दित होस्। तर अन्धकारका समयहरू पनि धेरै हुन्छन् भनी स्मरण गरोस्। जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।
9हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।
10यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath