उपदेशक 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्ट पार्दछ।
2बुद्धिमान्को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।
3बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ।
4तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।
5सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ:
6मूर्खलाई धेरै उच्च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ।
7मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु।
8जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्न सक्छ।
9ढुङ्गाको खानी खन्ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।
10यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।
11यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, सपेरालाई केही लाभ हुँदैन।
12बुद्धिमान्का बोलीहरू अनुग्रही हुन्छन्, तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।
13त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; अन्त्यमा त्यसको कुरा दुष्ट पागलपना मात्र हुन्छ;
14अनि मूर्खले धेरै बोल्छ। त्यसले के-कसो भन्ने हो, सो कसैले जान्दैन; त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्न सक्छ र?
15मूर्खको कामले उसैलाई थकाउँछ; त्यसले सहर जाने बाटोसमेत चिन्दैन।
16धिक्कार छ, त्यो देशलाई, जसको राजा कमारा हो, र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्।
17त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्, र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्, तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन।
18अल्छे मानिसको घरको धुरी भत्कन्छ; र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।
19भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ।
20राजालाई आफ्ना मनमा समेत निन्दा नगर; अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath