ईसाई धर्म
पछाडि

व्यवस्था 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।

2तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्‍न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्‍याउनुभयो, सो स्मरण गर।

3उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।

4यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।

5यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।

6याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।

7किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।

8यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।

9यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।

10जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।

11आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल

12नत्रता तिमीहरू खाएर तृप्‍त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।

13अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,

14तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।

15उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।

16अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।

17तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”

18तर याहवेह तिमीहरूका परमेश्‍वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्‍चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।

19यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।

20तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath