व्यवस्था 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मोशाले सबै इस्राएलका मानिसहरूलाई भेला गराएर भने: हे इस्राएलीहरू हो, आज मैले तिमीहरूलाई दिँदैगरेका उर्दी र व्यवस्थाहरू सुन। ती सिक र होसियारीसाथ पालन गर।
2याहवेह हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसँग करार बाँध्नुभयो।
3यो करार याहवेहले हाम्रा पितापुर्खाहरूसँग मात्र होइन, तर हामीहरूसँग अर्थात् आजसम्म जीवित रहेका हामीहरूसँग बाँध्नुभएको हो।
4त्यस पर्वतमा तिमीहरूसँग याहवेहले आगोबाट आमने-सामने कुरा गर्नुभयो।
5(त्यस बेला म याहवेहको वचन तिमीहरूलाई घोषणा गर्नलाई याहवेह र तिमीहरूका बीचमा खडा भएको थिएँ; किनकि तिमीहरू आगोदेखि डराएर पर्वतमाथि गएनौ।) अनि उहाँले भन्नुभयो:
6“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
7“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू।
8आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
9तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्वर, डाह गर्ने परमेश्वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
11तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
12शब्बाथ दिन पवित्र राख्नू, र त्यसलाई सम्झना गर्नू।
13छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
14तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्।
15तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई शब्बाथको दिन मान्न आज्ञा गर्नुभएको हो।
16तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
17तैँले मानव हत्या नगर्नू।
18तैँले व्यभिचार नगर्नू।
19तैँले चोरी नगर्नू।
20तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
21तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
22याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।
23जब पर्वतमा आगो जलिरहेको अवस्था थियो, तब तिमीहरूले अन्धकारबाट आवाज सुन्यौ; तिमीहरूका कुलका सबै अगुवाहरू र प्रधानहरू मकहाँ आए।
24अनि तिमीहरूले भन्यौ, “याहवेह हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र महानता देखाउनुभएको छ, र हामीले आगोबाट उहाँको सोर सुनेका छौँ। परमेश्वरले मानिससँग कुरा गर्नुहुँदा पनि त्यो मानिस जीवितै रहेको कुरा आज हामीले देख्यौँ।
25तर अब हामी किन मरौँ? यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। अनि यदि हामीले याहवेह हाम्रा परमेश्वरको सोर अझै सुन्यौँ भने हामी मर्नेछौँ।
26किनकि आगोबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला?
27मोशा, तपाईं नै माथि उक्लेर जानुहोस्, र याहवेह हाम्रा परमेश्वरले भन्नुभएको सबै कुराहरू सुन्नुहोस्। तब याहवेह हाम्रा परमेश्वरले तपाईंलाई के भन्नुहुन्छ, त्यो हामीलाई भन्नुहोस्। हामी ती सुन्नेछौँ, र पालन गर्नेछौँ।”
28तिमीहरूले मसँग कुरा गरेको याहवेहले सुन्नुभयो, र याहवेहले मलाई भन्नुभयो, “मैले यी मानिसहरूले तँलाई भनेका कुरा सुनेको छु। तिनीहरूले भनेका कुरा असल छ।
29ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!
30“जा, गएर तिनीहरूलाई आ-आफ्ना पालहरूमा फर्केर जानू भन्।
31तर तँचाहिँ यहीँ मसँग बस्। म तँलाई मेरा सबै आज्ञा, उर्दी र व्यवस्थाहरू दिनेछु। तैँले ती सबै तिनीहरूलाई सिकाउनू; ताकि मैले अधिकारमा दिन लागेको देशमा तिनीहरूले पालन गरून्।”
32यसकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएका कुराहरू होसियारीसाथ पालन गर्नू। तिमीहरू त्यसबाट दाहिने अथवा देब्रेतिर नफर्कनू।
33याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath