व्यवस्था 33
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1परमेश्वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो।
2तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।
3निश्चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्त गर्दछन्।
4याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्।
5उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए।
6“रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।”
7अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”
8लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।
9त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्यो।
10त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ।
11हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!”
12बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”
13योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;
14सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्त हुने अति असल कुराहरूले;
15प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;
16पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।
17वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।”
18जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।
19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।”
20गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ।
21त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।”
22दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।”
23नप्तालीको बारेमा तिनले भने: “नप्ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”
24आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।
25तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।
26यशूरूनका परमेश्वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।
27अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!”
28यसकारण इस्राएल सुरक्षित रहनेछ; याकोबको मूल सुरक्षित रहनेछ; अन्न र नयाँ दाखमद्यको देशमा, आकाशबाट शीत झर्ने ठाउँमा।
29हे इस्राएल, तँ धन्यको छस्! याहवेहद्वारा बचाइएको, तँजस्तो अरू जाति को छ र? “उहाँ तेरो ढाल र सहायक, अनि तेरा महिमित तरवार हुनुहुन्छ। तेरा शत्रुहरू तेरो सामु डराउनेछन्; अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath