व्यवस्था 32
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन।
2मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।
3म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्वरको महानताको प्रशंसा गर!
4उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्वासयोग्य परमेश्वर, जसले भूल गर्नुहुन्न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।
5तिनीहरू भ्रष्ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्ट पुस्ता हुन्।
6हे मूर्ख र निर्बुद्धि मानिसहरू हो, के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो? तिमीहरूलाई सृष्टि गर्नुहुने र गर्भमा रच्नुहुने, के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र?
7ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्।
8जब सर्वोच्चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलका छोराहरूका संख्याअनुसार मानिसहरूका सिमाना तोकिदिनुभयो।
9किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्; याकोबचाहिँ उहाँको भागको उत्तराधिकार हो।
10उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो; बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो। उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो; उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।
11चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ।
12याहवेह आफैँले तिनलाई डोर्याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन।
13उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले,
14बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।
15यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्न अघाए, तिनीहरू मोटा र चिल्ला भए। तिनीहरूले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे।
16तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए; र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।
17तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।
18तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ; तिमीहरूलाई जन्माउने परमेश्वरलाई तिमीहरूले बिर्सिदियौ।
19याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए।
20उहाँले भन्नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्ट पुस्ता हुन्, विश्वासघाती सन्तानहरू हुन्।
21जो ईश्वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए। म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।
22किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ।
23म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु, र मेरो काँडहरू तिनीहरूको विरुद्धमा चलाउनेछु।
24म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल, भस्म गर्ने महामारी र घातक रूढी पठाउनेछु; तिनीहरू विरुद्ध डरलाग्दो दाह्रा भएका जङ्गली जनावरहरू हमला गर्न पठाउनेछु, र जमिनमा घस्रने विषालु सर्पहरू तिनीहरूलाई मार्न पठाउनेछु।
25तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्।
26“मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु।
27तर म शत्रुको गिल्लादेखि डराएँ; कहीँ विरोधीहरूले गलत बुझ्लान् र भन्लान्, ‘हामीले विजय पायौँ; याहवेहले यो सबै गर्नुभएको होइन।’ ”
28तिनीहरू त विवेक नभएका जाति हुन्। तिनीहरूमा अलिकति पनि अन्तर्दृष्टि छैन।
29यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए, र तिनीहरूको अन्त्य कस्तो हुनेछ, सो बुझ्न सकेको भए!
30कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए?
31किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन।
32तिनीहरूका दाखरस त सदोमको दाखबाट, र गमोराका खेतहरूबाट आउँछ। तिनीहरूका अङ्गुरहरू विषले भरिएका, र तिनीहरूका झुप्पाहरू तितोपनाले भरिएका छन्।
33तिनीहरूका दाखरस सर्पका विष हो, गोमनहरूको घातक विष हो।
34के मैले यो जोगाएर राखेको छैनँ, र मेरो भण्डारमा छाप लगाएर राखेको छैनँ र?
35बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।
36जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।
37उहाँले भन्नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ,
38तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!
39“अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन।
40म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु: म सदाकालका निम्ति जीवित रहन्छु;
41जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।
42म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”
43हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ! किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ; अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्चित गर्नुहुनेछ।
44मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्ने गरी यस गीतका सबै वचनहरू सुनाए।
45जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू वाचन गरी सुनाए,
46तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।
47यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”
48त्यही दिन याहवेहले मोशालाई भन्नुभयो,
49यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।
50तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।
51किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ।
52यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्न पाउनेछैनस्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath