व्यवस्था 30
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ।
2अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ,
3तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ।
4तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ।
5याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ।
6याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
7याहवेह तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ।
8तिमीहरूले याहवेहको वचन फेरि पालन गर्नेछौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूको अनुसरण गर्नेछौ।
9तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
10यदि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका आज्ञाहरू पालन गर्यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
11आज मैले तिमीहरूलाई जे आज्ञा दिइरहेको छु, यो तिमीहरूका निम्ति अति कठिन वा पालन गर्न नसक्ने किसिमको छैन।
12यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?”
13न त यो समुद्रपारि नै छ, र तिमीहरूले यसो भन्नुपरोस्, “समुद्रपार गरेर यसलाई कसले ल्याउला, र हामीलाई घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला।”
14होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक।
15हेर, आज मैले तिमीहरूका अगि जीवन र समृद्धि, मृत्यु र विनाश राखिदिएको छु।
16किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
17तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने,
18म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ।
19आजको दिन म आकाश र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षीको रूपमा राख्दछु, मैले तिमीहरूको अगि जीवन र मृत्यु, आशिष् र श्राप राखिदिएको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरू जीवित रहन सक।
20अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई प्रेम गर्न सक, उहाँको सोर सुन्न र उहाँमा लागिरहन सक। किनकि याहवेह नै तिमीहरूका जीवन हुनुहुन्छ; अनि उहाँले तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई लामो जीवन दिनुहुनेछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath