व्यवस्था 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर।
2जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू।
3याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू।
4अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू।
5त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू।
6याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका निम्ति होमबलि चढाउनू।
7त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।
8अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्टसँग लेख्नू।”
9तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका जाति भएका छौ।
10याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।”
11त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:
12जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन
13अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।
14लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:
15“मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्तमा स्थापित गर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
16“आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
17“आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
18“दृष्टिविहीनलाई उल्टो बाटोतिर डोर्याउने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
19“विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
20“आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
21“पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
22“आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
23“आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
24“आफ्नो छिमेकीलाई गुप्तमा मार्ने व्यक्ति श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
25“कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
26“यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath