ईसाई धर्म
पछाडि

व्यवस्था 25

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब मानिसहरूमा झगडा हुन्छ, तब त्यस विषयलाई लिएर अदालतमा लैजानू। अनि न्यायकर्ताहरूले त्यस मुद्दाको फैसला गर्नेछन्। निर्दोषलाई छोडिनेछ र अपराधीलाई चाहिँ दोषी ठहराइनेछ।

2यदि दोषी मानिसले कुटाइ खानुपर्ने सजाय भयो भने न्यायकर्ताले त्यसलाई आफ्नै सामु घोप्टाएर अपराधअनुसार कोर्राको संख्या गनेर लगाऊन्।

3तर न्यायकर्ताले चालीस कोर्राभन्दा बढी लगाउन दिनुहुँदैन। यदि त्यसलाई चालीसभन्दा बढी कोर्रा लगाइयो भने तिमीहरू आफ्ना दाजुभाइका दृष्‍टिमा अपमानित हुनेछौ।

4अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।

5यदि दाजुभाइहरू एकसाथ बसेका छन्, तब तीमध्ये एक भाइको छोरा नभई नै मृत्यु भयो भने त्यस विधवाले त्यस परिवारभन्दा बाहिर विवाह नगरोस्। त्यसको देवर वा जेठाजुले त्यसलाई विवाह गरोस्, र त्यसप्रति आफ्नो कर्तव्य पूरा गरोस्।

6त्यसले जन्माएको पहिलो छोराले मृत दाजु वा भाइको नाम बोक्नेछ। अनि त्यसको नाम इस्राएलबाट नमेटियोस्।

7तरै पनि यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीसँग विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरको मूलढोकामा रहेका प्रधानहरूकहाँ गएर भनोस्, “मेरा पतिका भाइले आफ्नो दाजुको नाम इस्राएलमा राख्न इन्कार गर्छ। उसले मप्रति देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्दैन।”

8तब सहरका प्रधानहरूले त्यसलाई बोलाएर त्यससँग कुरा गरून्। यदि त्यसले ढिपी गर्दै यसो भन्छ भने, “म उसलाई विवाह गर्दिनँ,”

9तब त्यसको दाजुको विधवाले प्रधानहरूको उपस्थितिमा त्यसकहाँ गएर त्यसको एउटा जुत्ता फुकालेर त्यसको मुखमा थुकेर यसो भनोस्, “आफ्नो दाजुको वंश राख्न नचाहने मानिसलाई यसै गर्नुपर्छ।”

10त्यस मानिसको घरानालाई इस्राएलमा “जुत्ता फुकालिएको घराना भनिनेछ।”

11यदि दुई जना मानिसहरू झगडा गर्दैगरेको बेला तीमध्येका एक जनाकी पत्नीले आएर आफ्नो पतिलाई आक्रमणबाट बचाउन विरोधीको गुप्‍त अङ्गमा अँठ्याइ भने,

12तिमीहरूले त्यस स्त्रीको हात काटिदिनू; त्यसलाई दया नदेखाउनू।

13तिमीहरूले नापको लागि थैलोमा एउटा कम र अर्को ज्यादा दुई फरक किसिमका ढकहरू नराख्नू।

14तिमीहरूका घरमा एउटा ठूलो र अर्को सानो दुई फरक किसिमका नाप्‍ने ढकहरू नराख्नू।

15तिमीहरूसँग ठिक, छलरहित र मापन अनुसारको ढक हुनुपर्छ। ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू धेरै वर्षसम्म बाँच्न सक।

16किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यस्ता छल काम गर्ने र बेइमान मानिस, जोसुकैलाई पनि घृणा गर्नुहुन्छ।

17तिमीहरू इजिप्टबाट निस्केर आउँदा बाटोमा अमालेकीहरूले तिमीहरूलाई के गरे, त्यो सम्झना गर।

18जब तिमीहरू थाकेर शिथिल भएका थियौ, तब त्यस समयमा तिमीहरूका यात्रामा तिनीहरूले भेटे। अनि पछिल्तिर हिँड्नेहरूलाई तिनीहरूले काटेर मारे। ती अमालेकीहरूमा परमेश्‍वरको डरै थिएन।

19याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा, जब उहाँले तिमीहरूका वरिपरि रहेका शत्रुहरूबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले अमालेकीहरूको नामनिशानै पृथ्वीबाट मेटाइदिनू। तिमीहरूले यो कुरा नबिर्सनू।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath