व्यवस्था 21
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्ने हत्यारा पत्तो लागेन भने,
2तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्।
3त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्।
4अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्।
5तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्नुभएको छ।
6तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्।
7तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्।
8हे याहवेह, तपाईंले छुटकारा दिनुभएका तपाईंको इस्राएली मानिसका निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्। तब निर्दोष मानिसको रगतको दोष तपाईंका मानिसहरूलाई नलागोस्।” अनि त्यस हत्याको लागि प्रायश्चित हुनेछ।
9यसरी याहवेहको दृष्टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ।
10जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, तब तिमीहरूले तिनीहरूलाई कैदी बनाएर ल्याउनेछौ।
11यदि ती कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई देखेर तिमीहरूमध्ये कोही त्यसप्रति आकर्षित भयौ भने त्यसलाई पत्नीको रूपमा लिन सक्छौ।
12त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।
13अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे।
14यदि तिमी त्योसँग खुशी रहन सकेनौ भने त्यो स्त्रीले जहाँ जान इच्छा गर्छे, त्यसलाई जान दिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा दासीलाई झैँ व्यवहार गर्नुहुँदैन। किनकि तिमीले त्यसलाई अपमानित गरिसकेका छौ।
15यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने,
16जब त्यसले आफ्ना छोराहरूलाई आफ्नो सम्पत्तिको अंशबण्डा गर्छ, तब त्यसले मन नपराएको पत्नीबाट जन्मेको खास जेठा छोराको अधिकार खोसेर मन पराएकी पत्नीको छोरालाई दिनुहुँदैन।
17त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।
18यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने,
19त्यसका आमाबुबाले त्यसलाई समातेर त्यस सहरका प्रधानहरूकहाँ मूलढोकामा ल्याऊन्।
20तिनीहरूले प्रधानहरूलाई भनून्, “हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।”
21तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्नेछन् र डर मान्नेछन्।
22यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,
23तिमीहरूले त्यस मृत शरीरलाई रातभरि रूखमा झुण्डाएर नराख्नू। त्यसलाई त्यही दिन गाडिहाल्नू; किनकि रूखमा झुण्ड्याइएको लासले परमेश्वरबाट श्राप ल्याउँदछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath