ईसाई धर्म
पछाडि

व्यवस्था 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

2जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।

3त्यसले यसो भन्‍नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।

4किनकि याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”

5तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।

6कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।

7कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”

8त्यसपछि अधिकृतहरूले यसो पनि भन्‍नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”

9अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्।

10जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू।

11यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्।

12यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।

13जब याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू।

14तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।

15तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।

16तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू।

17याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।

18नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गर्नेछौ।

19जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्‍ट गर्छौ?

20तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath