ईसाई धर्म
पछाडि

व्यवस्था 14

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू;

2किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्‍नुभएको छ।

3कुनै पनि घृणित चीज नखाओ।

4तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा,

5मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।

6पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ।

7तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्।

8सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।

9पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ।

10तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।

11कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ।

12तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,

13रातो चील, कालो चील, सबै जातका बाज,

14सबै किसिमका काग,

15शुतुरमुर्ग, उल्‍लु र समुद्री चरो, सबै किसिमका बाज,

16सानो उल्‍लु, विशाल उल्‍लु, सेतो उल्‍लु,

17मरुभूमिको उल्‍लु, समुद्री बाज, माछा खाने चील,

18सारस, सबै किसिमका बकुल्‍ला, फाप्रेचरो र चमेरो।

19सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ।

20तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।

21मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्‍ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। तिमीहरूले बाख्राको पाठो, त्यसको मासुलाई माउको दूधमा नपकाउनू।

22तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू।

23तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्न सक।

24तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्‍नुहुने ठाउँ अति टाढो भएको कारण),

25तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा जानू।

26तिमीहरूको मनपर्ने कुरा किन्‍न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू।

27अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।

28प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू,

29ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath