व्यवस्था 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यस बेला याहवेहले मलाई भन्नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना।
2म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। त्यसपछि तैँले ती ढुङ्गाका पाटीहरूलाई त्यस सन्दुकमा राख्।”
3यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।
4याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो।
5त्यसपछि म पर्वतबाट ओर्लिआएँ। अनि याहवेहले मलाई आज्ञा गर्नुभएझैँ ती पाटीहरूलाई मैले बनाएको सन्दुकमा राखिदिएँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छँदैछन्।
6(इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले।
7त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए।
8त्यस बेला याहवेहले लेवीको कुललाई उहाँको करारको सन्दुक बोक्न, उहाँको सामु खडा भई सेवा गर्न र उहाँको नाममा आशिष्को घोषणा गर्नको लागि अलग गर्नुभयो, जुन काममा तिनीहरू आज पनि छँदैछन्।
9यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)।
10पहिलोपल्ट जस्तै म पर्वतमा चालीस दिन र चालीस रात बसेँ। अनि यस पटक पनि याहवेहले मेरो बिन्ती सुन्नुभयो। उहाँको इच्छा तिमीहरूलाई नाश गर्नलाई थिएन।
11याहवेहले मलाई भन्नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।”
12यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्वरको सेवा गर्नु,
13र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
14आकाश र सर्वोच्च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्वरकै हुन्।
15तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्नुभयो, जुन आज तिमीहरूका अगि स्पष्ट छ।
16यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ।
17किनकि याहवेह तिमीहरूका परमेश्वर, देवी-देवताहरूका परमेश्वर, प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्न र घूस लिनुहुन्न।
18उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
19यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ।
20याहवेह तिमीहरूका परमेश्वरको डर मान्नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।
21याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
22तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath