ईसाई धर्म
पछाडि

कलस्सी 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसैले तिमीहरू ख्रीष्‍टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ।

2तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।

3किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ।

4जब ख्रीष्‍ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ।

5यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।

6यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ।

7तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ।

8तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली।

9एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।

10अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।

11यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ।

12यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।

13एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।

14अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।

15तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।

16तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।

17अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाममा गर।

18हे पत्नीहरू हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस।

19हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।

20हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।

21हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्।

22हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्‍वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर।

23तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्‍वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।

24किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्‍टकै सेवा गरिरहेका छौ।

25जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath