ईसाई धर्म
पछाडि

कलस्सी 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्‍नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु।

2मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्‍वरको रहस्य, जो ख्रीष्‍ट हुनुहुन्छ; उहाँलाई जान्‍न सकून्।

3उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्।

4म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्।

5किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्‍टमा तिमीहरूको विश्‍वास कति दह्रिलो छ भन्‍ने कुरामा म रमाउँछु।

6जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ।

7उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।

8होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।

9किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ।

10अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ।

11उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ।

12किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ।

13जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो।

14उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो।

15यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।

16यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ दिन मनाउने कुरामा दोष नदियोस्।

17यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ।

18झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ।

19शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ।

20तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ?

21“नसमात! नचाख! नछोओ!”

22यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्।

23तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath