ईसाई धर्म
पछाडि

आमोस 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्‍लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।

2जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”

3यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”

4प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।

5त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”

6यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। प्रभु याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”

7उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्‍ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्‍ने साहुल लिएर खडा हुनुभएको थियो।

8अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “एउटा नाप्‍ने साहुल देख्दैछु।” त्यसपछि प्रभुले भन्‍नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”

9“इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्; र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्; म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”

10त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।

11किनकि आमोसले यसो भनिरहेका छन्: “यारोबाम तरवारद्वारा मारिनेछ; र इस्राएल निश्‍चय नै तिनीहरूका स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”

12त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।

13अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”

14आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।

15तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्‍नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’

16यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ, “ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’

17“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे, र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्। तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ; अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्। अनि इस्राएलचाहिँ निश्‍चय नै आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath