ईसाई धर्म
पछाडि

आमोस 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे सामरिया पर्वतमाथि बस्‍ने बाशानका गाईहरू हो, यो वचन सुन! हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ; अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!”

2प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ: “अवश्य नै समय आउनेछ, जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ, र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।

3तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट सीधै बाहिर निस्कनेछौ। तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” याहवेह घोषणा गर्नुहुन्छ।

4“बेथेलमा जाओ र पाप गर; गिलगालमा जाओ र अझ बढी पाप गर। हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ! हरेक तीन वर्षमा तिमीहरूका दशांश भेटी पनि ल्याओ।

5खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ, र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ; अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर; किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

6“मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

7“फसलको समय अझै तीन महिना बाँकी रहँदै मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाएँ, तर अर्को सहरमा रोकिदिएँ। एउटा खेतमा पानी पर्‍यो; तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।

8मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे, तर प्रशस्त पिउनलाई पानी पाएनन्, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

9“धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ; मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ। सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

10“मैले इजिप्टमा पठाएझैँ तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ। मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

11“मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु। तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

12“यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु; किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले, तिमीहरू आफ्ना परमेश्‍वरलाई भेट्न तयार होओ।”

13जसले पर्वतहरू बनाउनुहुन्छ, जसले बतासलाई सृजना गर्नुहुन्छ; अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; उहाँको नाम याहवेह सेनाहरूका परमेश्‍वर हो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath