ईसाई धर्म
पछाडि

आमोस 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेह यसो भन्‍नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो;

2म मोआबमाथि आगो पठाउनेछु, जसले किर्योतका किल्‍लाहरूलाई भस्म पार्नेछ। मोआबको पतन ठूलो होहल्‍लाका साथ युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ।

3म त्यसको शासकलाई नाश गर्नेछु, र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” याहवेह भन्‍नुहुन्छ।

4याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,

5म यहूदामाथि आगो पठाउनेछु; त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।”

6याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका तीन वटा पापहरूका कारण, अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले निर्दोषलाई चाँदीमा, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।

7तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ गरिबका टाउकोमाथि कुल्चन्छन्; अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।

8तिनीहरू हरेक वेदीको छेउमा बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। तिनीहरू आफ्ना देवताको मन्दिरमा जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।

9“मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ, तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो, र फलाँटको रूखजस्तै बलियो थियो। मैले ती रूखहरूमाथि रहेका फलहरू, र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ।

10तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्‍याएँ।”

11मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।

12“तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ, र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ।

13“त्यसैले अब म अन्‍नले लादिएको गाडाले किचेझैँ तिमीहरूलाई जमिनमा किचिदिनेछु।

14वेगसित दगुर्ने पनि उम्कनेछैन; बलवान्‌हरूको बल पनि काम लाग्नेछैन, र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।

15धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; र अति वेगसित दौडने सिपाही उम्कनेछैन; अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।

16बहादुर योद्धाहरू नै भए तापनि त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath