प्रेरितहरू 26
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:
2“हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु।
3यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु।
4“मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।
5तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्।
6परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु।
7यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्।
8मरेकाहरूलाई परमेश्वरले जीवित पार्नुहुन्छ भन्ने कुरामा किन तपाईंहरू कति पनि विश्वास गर्न सक्नुहुन्न?
9“मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।
10अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।
11तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।
12“यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
13हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो।
14हामी सबै भुइँमा पछारियौँ; तब हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’
15“त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
16अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
17म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,
18ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
19“त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
20सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्चात्ताप गर्नुपर्दछ, परमेश्वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ।
21त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे।
22तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ।
23अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
24यति सुन्नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।”
25तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्।
26राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।
27हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्वास राख्नुहुन्छ।”
28त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?”
29पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।”
30तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे।
31तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
32अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath