ईसाई धर्म
पछाडि

प्रेरितहरू 22

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।”

2जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले:

3“म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ।

4पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”

5यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।

6“जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।

7म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’

8“ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।

9मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।

10“ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्‍नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’

11त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।

12“त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।

13उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ।

14“त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ।

15तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।

16अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’

17“जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ

18र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’

19“मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्‍वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ।

20र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’

21“अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ”

22यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्‍च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!”

23जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले,

24तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए।

25जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”

26जब कप्‍तानले यो कुरा सुने, उनले उच्‍च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।”

27सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए।

28अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए।

29उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।

30वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath