ईसाई धर्म
पछाडि

3 यूहन्‍ना 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मण्डलीका प्रधानबाट, मेरा प्रिय मित्र गायस, जसलाई म सत्यतामा प्रेम गर्दछु।

2प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।

3केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।

4मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।

5हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।

6तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।

7तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।

8यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्‍नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।

9मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।

10यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्‍ट नभएर त्यसले अरू विश्‍वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।

11हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्‍वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।

12डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।

13मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।

14म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।

15तिमीलाई शान्ति होस्! यहाँ भएका मित्रहरूले आफ्नो अभिवादन पठाएका छन्। त्यहाँ भएका मित्रहरूलाई नाम लिएर अभिवादन भनिदेऊ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath