ईसाई धर्म
पछाडि

2 तिमोथी 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु:

2वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।

3किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्।

4तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।

5तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।

6किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ।

7मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्‍वासलाई जोगाइराखेको छु।

8अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।

9मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर;

10किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्।

11अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्।

12मैले तुखिकसलाई एफिससमा पठाएँ।

13तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।

14तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ।

15त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।

16जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्।

17तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो।

18प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।

19प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ।

20इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ।

21हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।

22प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath