ईसाई धर्म
पछाडि

2 तिमोथी 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।

2मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।

3ख्रीष्‍ट येशूका असल सिपाहीझैँ मसँग कष्‍ट भोग।

4सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।

5यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।

6परिश्रम गर्ने किसानले नै पहिला अन्‍नको हिस्सा पाउनुपर्छ।

7मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।

8मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।

9यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।

10यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।

11यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी उहाँसित मर्‍यौँ भने, हामी उहाँसित जिउने पनि छौँ;

12यदि हामीले सह्‍यौँ भने, हामी उहाँसित राज्य पनि गर्नेछौँ। यदि हामीले उहाँलाई त्याग्यौँ भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ;

13यदि हामी विश्‍वासरहित छौँ भने तापनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न।

14परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।

15आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।

16भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।

17तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,

18जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।

19तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।”

20एउटा सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।

21यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्‍नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।

22यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।

23मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्।

24प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।

25आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;

26अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath