ईसाई धर्म
पछाडि

2 तिमोथी 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,

2मेरो प्यारो छोरा तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति!

3जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु।

4तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।

5मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु।

6यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु।

7किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।

8यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्‍टमा परमेश्‍वरको शक्तिद्वारा मसँग सहभागी होऊ।

9उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो।

10तर अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो।

11अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्त गरिएको छु।

12यसकारण मैले यी कष्‍टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्‍वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्‍चित छु।

13तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्‍ट येशूमा विश्‍वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख।

14हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख।

15तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्।

16प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्; किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे।

17तर जब तिनी रोममा आए, मलाई नभेट्टाउन्जेल परिश्रमसाथ मेरो खोजी गरे।

18त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath