ईसाई धर्म
पछाडि

2 थेसलोनिकी 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ।

2प्रभुको दिन आइसकेको छ भन्‍नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्‍वास नगर।

3तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्‍वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।

4त्यसले ईश्‍वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्‍च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्‍वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्‍वरको मन्दिरमा स्थापना गर्नेछ।

5म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र?

6अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्।

7किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ।

8अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्‍ट पार्नुहुनेछ।

9त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।

10अनि नष्‍ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्‍टतासहित आउनेछ। तिनीहरू नष्‍ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्।

11यसकारण त्यस झूटमा तिनीहरूले विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ

12र सत्यतामा विश्‍वास नगर्ने, तर दुष्‍टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्।

13तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्‍वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्‍नुभयो ।

14उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमामा सहभागी हुन सक।

15यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू।

16हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले, र हाम्रा परमेश्‍वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो;

17उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath