ईसाई धर्म
पछाडि

2 शमूएल 9

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”

2शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।”

3राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।”

4राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”

5यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।

6जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।”

7दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”

8मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”

9तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु।

10तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)

11तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए।

12मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए।

13मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath