ईसाई धर्म
पछाडि

2 शमूएल 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो।

2तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्‍वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका लागि निस्के।

3तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्‍याए।

4तिनीहरूले परमेश्‍वरको सन्दुक भएको नयाँ गाडालाई डोर्‍याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए।

5दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।

6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्‍वरको सन्दुकलाई समाते।

7उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्‍वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्‍वरको सन्दुकको छेउमा मरे।

8यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।

9त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?”

10याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।

11याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो।

12अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्‍वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्‍वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए।

13जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए।

14दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे।

15यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए।

16जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्।

17तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

18तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए।

19तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।

20जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”

21दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्‍नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्‍लास मनाउनेछु।

22म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”

23यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath