ईसाई धर्म
पछाडि

2 शमूएल 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भएको खबर सुने, तब तिनको हिम्मत हरायो; अनि सारा इस्राएल भयभीत भए।

2शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो।

3किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्।

4(शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।)

5अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए।

6तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्‍क भागे।

7ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे।

8तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दावीदकहाँ लगेर राजालाई भने, “तपाईंको प्राण लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको शिर यहाँ छ। आजको दिन याहवेहले शाऊल र तिनका छोराको विरुद्धमा मेरा मालिक राजाको बदला लिनुभएको छ।”

9तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,

10जब एउटा मानिसले मलाई भन्यो, ‘शाऊल मर्‍यो,’ अनि त्यसले आफूले असल समाचार ल्याएको भन्‍ने सोच्यो। तर त्यसलाई सिक्लगमा पक्रेर मैले मारिदिएँ। त्यसको समाचारको निम्ति मैले त्यसलाई त्यसरी नै प्रतिफल दिएँ!

11अब झन् आफ्नै घरमा, आफ्नै पलङमा सुतिरहेका एक जना निर्दोष मानिसलाई दुष्‍ट मानिसहरूले मारेका छन् भने कति बढी दण्ड दिनुपर्ला। अब मैले तिमीहरूको हातबाट उसको रगतको बदला नलिने र पृथ्वीबाट तिमीहरूको नामनिशानै नमेटाइदिने र!”

12यसकारण दावीदले आफ्ना मानिसहरूलाई आज्ञा दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले हात र खुट्टा काटिदिए। अनि तिनीहरूका शरीर हेब्रोनको तलाउको छेउमा झुण्ड्याए। तर तिनीहरूले ईश्बोशेतको शिरलाई लिएर त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath