ईसाई धर्म
पछाडि

2 पत्रुस 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1येशू ख्रीष्‍टको सेवक र प्रेरित सिमोन पत्रुसबाट, तिनीहरूलाई जसले हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताद्वारा हाम्रोजस्तै बहुमूल्य विश्‍वास पाएका छन्:

2परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!

3उहाँको ईश्‍वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।

4जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी होओ, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टतादेखि भाग्नसक्छौ।

5यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान,

6ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति,

7भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर।

8किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनबाट बचाउनेछन्।

9तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ।

10यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ;

11अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।

12यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु।

13म यो शरीररूपी पालमा होउन्जेल तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु।

14किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैँ, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु।

15अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।

16हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ।

17किनकि उहाँले परमेश्‍वर पिताबाट इज्जत र महिमा प्राप्‍त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्‍ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”

18त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ।

19अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्‍चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ।

20मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्;

21किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath