2 राजाहरू 25
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
2राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
3चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
4तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर भागे।
5तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए,
6र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो।
7तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
8बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए।
9तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।
10बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए।
11अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे।
12तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए।
13बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
14तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।
15राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे।
16सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए।
17प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो।
18अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
19सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
20सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।
21त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
22यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे।
23जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
24गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”
25तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे।
26यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे।
27यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए।
28तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाका सम्मानको आसन दिए।
29यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
30तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath