ईसाई धर्म
पछाडि

2 राजाहरू 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1आहाबको मृत्युपछि मोआबले इस्राएलको विरुद्धमा विद्रोह गर्‍यो।

2एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्‍लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।”

3तर याहवेहको दूतले तिश्बी एलियालाई भने, “जा, सामरियाका राजाका दूतहरूलाई भेट्, र तिनीहरूलाई ‘के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तिमीहरू एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन जाँदैछौ?’ भनेर सोध्।

4यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!’ ” तब एलिया गइहाले।

5जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”

6तिनीहरूले जवाफ दिए, “एक जना मानिस हामीलाई भेट्न आए, र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर तिनलाई भन्‍नू, “याहवेह यसो भन्‍नुहुन्छ: के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तैँले एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन भनी मानिसहरू पठाउँदैछस्? यसकारण तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!” ’ ”

7राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्‍ने मानिस कस्तो किसिमको थियो?”

8तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”

9तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्‍वरका जन, राजाले तपाईंलाई भन्‍नुभएको छ, ‘तल आउनुहोस्!’ ”

10एलियाले सेनापतिलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो बर्सेर त्यस सेनापति र तिनका सेनाहरूलाई भस्म पार्‍यो।

11राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले भन्‍नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ”

12एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब परमेश्‍वरको आगो स्वर्गबाट बर्सेर तिनी र तिनका पचास जना सेनालाई भस्म पार्‍यो।

13यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्‍वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्!

14हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!”

15याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए।

16तिनले राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: के सल्‍लाह लिनलाई इस्राएलमा परमेश्‍वर हुनुहुन्‍नथ्यो र तैँले एक्रोनको देवता बाल-जेबुबकहाँ सल्‍लाह लिन भनी दूतहरू पठाइस्? तैँले यसो गरेकोले आफू सुतिरहेको पलङ कहिल्यै छोड्नेछैनस्। तँ निश्‍चय नै मर्नेछस्!”

17यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो।

18अहज्याहको शासनका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छैनन् र?

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath