2 राजाहरू 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले शासन गर्न सुरु गरे।
2राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे ठिक थियो, त्यो गरेनन्।
3तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे।
4तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
5तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा यरूशलेमको विरुद्धमा गए; र आहाजलाई घेरे। तर तिनीहरूले उनलाई वशमा पार्न सकेनन्।
6त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्।
7आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!”
8तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए।
9अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे।
10तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे। अनि पुजारी उरियाहकहाँ त्यस वेदीको नक्सा, त्यसको निर्माणको सम्पूर्ण योजनाको विवरणसितै पठाए।
11यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए।
12दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए।
13तिनले त्यसमा होमबलि र अन्नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के।
14याहवेहको सामु खडा रहेको काँसोको वेदी मन्दिरको सामुबाट नयाँ वेदी र याहवेहको भवनको बीचबाट तिनले ल्याए। अनि त्यसलाई नयाँ वेदीको उत्तरपट्टि राखे।
15त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजाको होमबलि र उहाँको अन्नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।”
16पुजारी उरियाहले राजा आहाजले भनेझैँ गरे।
17राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे।
18तिनले मन्दिरमा बनिएको शब्बाथमा प्रयोग गरिने मण्डप, र याहवेहको भवनको बाहिरको राजकीय मार्ग तिनले अश्शूरको राजाको कारणले हटाइदिए।
19आहाजको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
20आहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते; अनि तिनीहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath