2 राजाहरू 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्।
2तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्।
3अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।
4सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए।
5तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथ दिनमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू:
6एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा।
7अनि तिमीहरूका दुई दल, जो शब्बाथ दिनमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू।
8प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।”
9पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथको दिनमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए।
10तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए।
11ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे।
12यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”
13अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्।
14तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
15यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।”
16यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्।
17तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे।
18देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे। त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए।
19तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे।
20अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
21शासन सुरु गर्दा येहोआश सात वर्षका थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath