2 कोरिन्थी 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।
2किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।
3तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।
4किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ।
5यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।
6यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ।
7प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
8परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
9जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।”
10अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।
11हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
12तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ।
13तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ।
14परमेश्वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्।
15उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्वरलाई धन्यवाद होस्!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath