ईसाई धर्म
पछाडि

2 कोरिन्थी 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।

2किनकि उहाँ भन्‍नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।

3हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ।

4बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा,

5पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा,

6शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा,

7सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;

8आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य;

9नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,

10दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।

11हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ।

12हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ।

13म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।

14ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?

15ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?

16परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”

17यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”

18र “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath