ईसाई धर्म
पछाडि

2 कोरिन्थी 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो।

2अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ;

3किनकि त्यसलाई धारण गर्‍यौँ भने हामी नाङ्गो देखिनेछैनौँ।

4अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।

5अब परमेश्‍वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्‍वरको आत्मा दिनुभएको छ।

6यसकारण हामी ढुक्‍क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ।

7हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्‍वास राखेर जिउँछौँ।

8हामी ढुक्‍क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ।

9यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ।

10किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।

11तब परमेश्‍वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्‍वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला।

12हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ।

13किनकि हामी बेहोशी छौँ भने परमेश्‍वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो।

14ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे।

15उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।

16यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्‍टिकोणले हेर्दैनौँ। एकपल्ट हामीले ख्रीष्‍टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ।

17यसकारण यदि कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।

18यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो;

19अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।

20परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर।

21हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath