ईसाई धर्म
पछाडि

2 कोरिन्थी 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ।

2किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।

3अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ।

4तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।

5म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।

6यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ।

7अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।

8यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु।

9मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो।

10तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;

11शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।

12जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो।

13मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।

14तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ।

15किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ।

16नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?

17किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath