2 इतिहास 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्।
2सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन।
3जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल,
4उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्ट वस्त्र, आफ्ना विशिष्ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्क परिन्।
5तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
6तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ।
7तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
8याहवेह तपाईंको परमेश्वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
9तब तिनले राजालाई एक सय बीस टालेन्ट सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।
10(हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए।
11राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)
12राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
13सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
14यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे।
15राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
16तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे।
17त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
18सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।
19ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
20राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
21राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो।
22यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
23संसारका सबै राजाहरू परमेश्वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
24वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्चरहरू ल्याउँथे।
25आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे।
26तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे।
27राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
28सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे।
29सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?
30सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
31त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath