ईसाई धर्म
पछाडि

2 इतिहास 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा,

2हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए।

3त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे।

4तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।

5तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए।

6साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए।

7हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);

8अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ।

9तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।

10तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू।

11सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।”

12दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए।

13मोशाको व्यवस्थाअनुसार शब्बाथका दिनहरू, औँसी र वर्षमा तीनपल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे।

14आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो।

15राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्।

16याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो।

17तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए।

18हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath