2 इतिहास 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्वरको मन्दिरका भण्डारहरूमा राखे।
2तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए।
3इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए।
4इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए।
5तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए।
6सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्न पनि सकिँदैनथ्यो।
7त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
8सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
9ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
10त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
11त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए।
12सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए।
13तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो;
14अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्वरको मन्दिर याहवेहको महिमाले भरियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath