ईसाई धर्म
पछाडि

2 इतिहास 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तिनले बीस क्यूबिट लामो, बीस क्यूबिट चौडा र दश क्यूबिट अग्लो एउटा काँसाको वेदी बनाए।

2तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो।

3किनारको मुन्तिर एक क्यूबिटमा दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए।

4त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। अनि तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।

5त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ अटाउँथ्यो।

6तिनले धुनका निम्ति दश वटा धुने भाँडाहरू बनाए; अनि पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू पखाल्थे; तर खड्कुँलोचाहिँ पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे।

7तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे।

8तिनले दश वटा टेबुलहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। तिनले एक सय वटा छर्कने कचौराहरू पनि बनाए।

9तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे।

10तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे।

11तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले परमेश्‍वरको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले लिएका कामहरू गरेर सिद्ध्याए:

12दुई स्तम्भहरू; र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू;

13दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू);

14गाडाहरूसहित तिनीहरूका बाटाहरू;

15खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;

16भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र सम्बन्धित सबै सामानहरू। राजा सोलोमनलाई हूराम-अब्बीले याहवेहको मन्दिरका निम्ति बनाइदिएका सबै चीजहरू टल्काइएका काँसाका थिए।

17राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए।

18सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो।

19सोलोमनले परमेश्‍वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने टेबुलहरू;

20तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू;

21सुनका फूलका कामहरू, बत्तीहरू र चिम्टाहरू (तिनीहरू ठोस सुनका थिए);

22निखुर सुनका सलेदोका चिम्टाहरू, छर्कने कचौराहरू, भाँडाकुँडाहरू र धूपदानीहरू; अनि मन्दिरको सुनको ढोकाहरू: महा-पवित्रस्थानमा पस्‍ने भित्री ढोकाहरू र मुख्य सभा-कक्षका ढोकाहरू।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath