ईसाई धर्म
पछाडि

2 इतिहास 36

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए।

2राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे।

3इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।

4इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए।

5राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे।

6बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे।

7नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे।

8यहोयाकीमको शासनकालका अरू घटनाहरू, तिनले गरेका घिनलाग्दा कुराहरू र तिनका विरुद्धमा पाइने सबै कुराहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।

9राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

10बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए।

11राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे।

12तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्।

13तिनी आफूलाई परमेश्‍वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्‍वरतिर फर्केनन्।

14यसबाहेक पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू झन्-झन् अविश्‍वासी भए। सबै जातिहरूका घिनलाग्दा रीतिहरूका पछि लागेर याहवेहले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अशुद्ध पारे।

15आफ्नो जाति र आफ्नो वासस्थानप्रति टिठाउनुभएको कारण याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरी-घरी वचन पठाउनुभयो।

16तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्‍ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन।

17उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनका राजालाई ल्याउनुभयो, जसले तिनीहरूका जवान मानिसहरूलाई पवित्रस्थानको भवनभित्र तरवारले मारिदिए। के जवान पुरुष वा स्त्री वा वृद्ध मानिस र बुढापाका, कसैलाई पनि बाँकी राखेनन्। याहवेहले तिनीहरू सबैलाई नबूकदनेसरकहाँ सुम्पिदिनुभयो।

18तिनले परमेश्‍वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे।

19तिनीहरूले परमेश्‍वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए।

20तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे।

21यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ दिनहरू पालन गरिह्‍यो।

22परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:

23“परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह स्वर्गका परमेश्‍वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्‍वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath