2 इतिहास 33
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे।
2याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे।
3आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे।
4तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
5याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
6तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्लाह लिए। तिनले याहवेहको दृष्टिमा अति दुष्टता गरे; अनि उहाँलाई रिस उठाए।
7तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
8मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।”
9तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे।
10याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्।
11यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे।
12आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्वरको सामु विनम्र तुल्याए।
13जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्वर हुनुहुन्छ भनी थाहा पाए।
14त्यसपछि तिनले बेँसीमा गीहोनको पश्चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए।
15तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए।
16त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्वरको सेवा गर्नू भने।
17तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्वरका लागि मात्र चढाउँथे।
18मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
19तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्।
20मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए।
21राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे।
22तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।
23तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।
24आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
25तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath