2 इतिहास 28
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यो गरेनन्।
2तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए।
3तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू चढाए; अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा चलेर आफ्ना सन्तानलाई आगोमा बलिदान चढाए।
4तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
5यसकारण याहवेह तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए। तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे।
6रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
7एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे।
8इस्राएलीहरूले आफ्नै सङ्गी-जाति, जो यहूदाबाट थिए; दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै मात्रामा लुटका मालहरू लिएर सामरियामा लगे।
9तर त्यहाँ ओदेद नाम गरेका याहवेहका एक जना अगमवक्ता थिए। फौज सामरियामा फर्केर आउँदा उनी तिनीहरूलाई भेट्न गए। उनले तिनीहरूलाई भने, “याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासित रिसाउनुभएको हुनाले उहाँले तिनीहरूलाई तिमीहरूका हातमा दिनुभयो। तर तिमीहरूले आफ्ना रिसमा तिनीहरूलाई मारेको कुरा स्वर्गसम्म पुगेको छ।
10अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा पापका दोषी छैनौ र?
11अब मेरा कुरा सुन! तिमीहरूले कैद गरेर ल्याएका आफ्नै जातिलाई फर्काइदेऊ; किनभने याहवेहको भयानक क्रोध तिमीहरूमाथि रहेको छ।”
12तब एफ्राइमका केही अगुवाहरू, यहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा यहिज्कयाह र हद्लैका छोरा अमासाले लडाइँबाट आएकाहरूसित तर्कवितर्क गरे।
13तिनीहरूले भने, “तिमीहरूले यी कैदीहरूलाई यहाँ नल्याओ; नत्रता हामी याहवेहको सामु दोषी हुनेछौँ। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हाम्रा अपराध ठूलो छ र उहाँको भयानक क्रोध इस्राएलमाथि रहेको छ।”
14यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए।
15नाम अनुसारका पद भएका मानिसहरूले कैदीहरूलाई लिए, र त्यस लुटका मालबाट तिनीहरूले नाङ्गाहरूलाई लुगा लगाइदिए। तिनीहरूले उनीहरूलाई लुगा, जुत्ता, भोजन, पानी र निको पार्ने मलम प्रबन्ध गरिदिए। कमजोर जतिलाई तिनीहरूले गधाहरूमाथि चढाए। यसरी तिनीहरूले आफ्नै जातिहरूलाई यरीहो, अर्थात् खजूरको सहरमा लिएर गए, र तिनीहरू सामरियामा फर्के।
16त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताका निम्ति बिन्ती गरे।
17एदोमीहरूले फेरि यहूदामाथि आक्रमण गरेर कैदीहरूलाई लगेका थिए।
18किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे।
19इस्राएलका राजा आहाजको कारणले नै याहवेहले यहूदालाई विनम्र तुल्याउनुभएको थियो; किनभने यहूदामा तिनले दुष्टता बढाएर तिनी याहवेहप्रति साह्रै नै विश्वासघाती भएका थिए।
20अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए।
21आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन।
22विपत्तिको समयमा राजा आहाज याहवेहप्रति अझ बढी अविश्वासी भए।
23तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूकहाँ बलिदानहरू चढाए; किनकि तिनले सोचेका थिए, “अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सघाएको कारण मैले तिनीहरूकहाँ बलिदान चढाएँ भने तिनीहरूले मलाई पनि सघाउने छन्।” तर ती तिनको र सारा इस्राएलको पतनको कारण बने।
24आहाजले परमेश्वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे।
25यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए।
26तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्।
27आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath